गलेश्वर बजारमा सौन्दर्यकरण

म्याग्दी | फागुन २२, २०८१

गलेश्वर बजारमा सौन्दर्यकरण

म्याग्दी:    म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । 


हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । 


परियोजना मार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फुलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । 


“मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सौन्दर्यकरणको परियोजना शुरु गरिएको हो,” उहाँले भन्नुभयो “बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोष सहितका संघ संस्थाको रु। ३० लाख बजेटबाट शुरु भएको योजनालाई आगामी वर्षपनि निरन्तरता र पूर्णता दिन्छौ ।”


गलेश्वर बजार भित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरु बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको ब्यवस्था मिलाइने वडा अध्यक्ष केसीले बताउनुभयो । भुईमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपुर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरि संरचनाको डिजाइने गरिएको छ । 


चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु। २० लाख बजेट बिनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु। छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दीरले रु। दुई÷दुई लाख उपलब्ध गराएका छन् । 


गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उक्त योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले रु। २४ लाख ३६ हजार पाँच सय ७१ मा ठेक्का लिएको छ । 


गत माघ महिनामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीका प्रतिनिधी नवराज बरुवालले भुईमा बिछ्याउने ढुङ्गा तयार पार्ने काम भइरहेको र तयार भएपछि ल्याएर यसै आर्थिक वर्षभित्र बिछ्याइने बताउनुभयो । 


कालीगण्डकी नदी किनारमा नौरोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्नाले मनोकांक्षा पुरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । 


हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ ।

पोखरा ।   सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् ।    पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ  कार्यसमिति निर्वाचित गरेको हो ...

थप पढ्नुहोस्

पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्